रौतहटमा स्कारपियोले माेटरसाइकललाई ठक्कर दिदा एक घाइते

राैतहट १७ जेष्ठ
राैतहटकाे गरुडामा भारतीय स्कारपियाेले विहिबार साझ माेटरसाइकललाई ठक्कर दिदा माेटरसाइकल चालक घाइते भएकाे छ । गरुडा नगरपालिकाकाे वडा नम्बर ५ शिवनगर महादेव मन्दिर जाने सडकखण्डमा स्कारपियाे अनियन्त्रित हुदा माेटसाइकललाई ठक्कर दिएकाे स्थानियले बताएका छन । DL4CAV 8127 नम्बरकाे भारतीय स्कारपियाेले ना ८ प ८७३२ नम्बरकाे एक्सप्लेन्डर माेटरसाइकललाई ठक्कर दिइएकाे इलाका प्रहरी कार्यालय गरुडाले जनाएकाे छ । घाइते माेटरसाइकल चालककाे स्थानिय अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ । स्कारपियाे र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे बताइएकाे छ । विस्तृत विवरण भने अनुसन्धानपछि जानकारी गराइने गरुडा प्रहरीले बताएकाे छ

ताजा समाचार

Related Articles