राैतहटकाे चन्द्रपुरका विद्यालय जेष्ठ २२ गतेसम्म बन्द

राैतहट १७ जेष्ठ
राैतहटकाे चन्द्रपुर नगरपालिकाका सम्पुर्ण विद्यालयहरु ५ दिनका लागि बन्द हुने भएकाे छ । विहिबार चन्द्रपुर नगरपालिका शिक्षा शाखाले एक जेष्ठ १८ गते शुक्रबार देखि जेष्ठ २२ गते मंगलबारसम्म बर्षे विदाबाट कट्टा हुने गरि चन्द्रपुर नगरपालिका क्षेत्र भरिका सामुदायिक तथा निजि विद्यालयहरु बन्द गर्न गराउन एक सुचना प्रकासित गरेकाे छ । राैतहट लगायत तराईका सबै जिल्लाहरुमा अत्याधिक गर्मी बढेकाले राैतहटका विद्यार्थीहरु बेहाेस हुने , रिंगटा लाग्ने , स्वास्थ्यमा असहज हुनेकाे संख्या दिनप्रतिदिन बढ्न थालेपछि विद्यालय बन्द गर्नु परेकाे शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले बताउनु भयाे । राैतहटमा बिहानैदेखि तातो हावासँगै बढेको गर्मिले जनजीवन अस्तव्यस्त बनेको छ । बालबालिका, बृद्धबृद्धा गर्मीबाट प्रभावित भएका छन् । केहिदिन यता विद्यालयमा बालबालिकामा गर्मिले बेहोस हुने, छटपटाउने लगायतका समस्याहरु देखिन थालेका छन् । दुर्गा मावि डाठाटाेलका प्रधानाध्यापक नारायण कार्कीका अनुसार  गर्मीका कारण पठनपाठनमा धेरै समस्या परेको बताउनु भएकाे छ । अत्यधिक गर्मीका कारण विद्यार्थीहरु बेहोस हुने, छटपटाउने, बोल्न नसक्ने जस्ता समस्या देखा परेको उहाको भनाई रहेकाे छ । यस बर्षको बर्खायाम सुरु हुनै लाग्दा पनि पानी पर्न सकेकाे छैन । छिटफुट पानी पर्ने र लामो समय पानी नपर्दा जमिन तातेर बाफ आउने, त्यसमाथी तातो हावा चल्दा टिक्नै गाह्रो भएको चन्द्रपुर-३ गैडाटारका नवीन दाेङले बताउनु भयाे । तातो हावा चलेको, गर्मी अत्यधिक बढेको र मौसम पूर्वानुमान महाशाखाले आगामि तीन दिन तातो हावाको लहर चल्न सक्ने र सतर्कता अपनाउन गरेको आग्रह बमोजिम चन्द्पुर नगरपालिकाले विद्यालय बन्द गर्ने जनाएकाे बताइएकाे छ । अत्यधिक गर्मीका कारण दैनिक जिवन अत्यधिक कष्टकर हुँदै गइरहेको अवस्थामा पठन पाठन गराउन समस्या रहेकोले विद्यालय बन्द गराउने निर्णय गरेकाे नगर प्रमुख संजय काफ्लेले बताउनु भयाे । गर्मीका कारण राैतहटका मुख्य बजारहरु चन्द्रनिगाहपुर , गरुडा , कटहरिया , माैलापुर , राजदेवि , शिवनगर , मैढा , गाैर लगायतका क्षेत्रमा चहलपहल कम हुन थालेको स्थानियले बताएका छन ।अत्यधिक गर्मी हुन थालेपछि बृद्धबृद्धा र बालबालीकामा समेत बिभिन्न खाले समस्या देखिन थालेको छ । गर्मी मौसममा धेरैजसो एलर्जीको समस्या देखिने चिकित्सकहरु बताउँछन् । साथै तापक्रम बढ्दै जाँदा भिन्न किसिमका सरुवा रोग, हेपाटाइटिस रोग, झाडापखाला जस्ता समस्या देखिन सक्ने चन्द्रपुर अस्पतालका डाक्टर सुवास चाैधरीले बताउनु भयाे । चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, शरीरलाई शित्तलता प्रदान गर्ने खानेकुरा खान, बाहिरी खानेकुरा सकभर नखान चिकित्सकहरुले सुझाव दिएका छन ।

ताजा समाचार

Related Articles