राैतहट १६ जेष्ठ
राैतहटबाट बुधबार अबैध नगद २ लाख साइकलसहित १ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । राैतहटकाे गाैर नगरपलिकाकाे वडा नम्बर २ मा प्रहरी गस्ती टाेलीले चेकजाच गर्ने क्रममा साे रकमसहित साइकलमा यात्रा गरिरहेका एक ब्यक्तिबाट स्राेत खुल्न नसकेकाे नगद २ लाख बरामत गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । साइकलमा यात्रा गरिरहेकाे सप्तरीकाे राजविराज-९ का शिवशक्ति यादवमाथी शंका लागेर चेकचाज गर्दा साे रकम फेला परेकाे प्रहीले जनाएकाे छ । यादवकाे साथबाट १००० का १०० थान नाेट र ५०० का २०० थान नाेट बरामत गरेकाे जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय राैतहटले थप अनुसन्धान गरि कारवाहीका लागि भन्सार कार्यालय गाैरमा दाखिला गरेकाे तराई पाेष्टलाई जानकारि दिइएकाे छ ।

