राैतहट १६ जेष्ठ
राैतहटकाे गुजरामा निर्माण गरिएकाे गढीमाई मन्दिरकाे मंगलबार नगर प्रमुख सन्तलाल चाैधीले उद्घाटन गर्नु भएकाे छ । गुजरा नगरपालिकाकाे वडा नम्वर ३ बाट विनियाेजित १० लाख रकमबाट साेही वडाकाे सिम्री गाउमा साे मन्दिरकाे निर्माण सम्पन्न गरिएकाे वडा कार्यालयले जनाएकाे छ । गुजराकाे सिम्रीमा अबस्थित नवनिर्मित गढीमाई मन्दिरमा बत्ती बालेर पूजा गरेपछि मात्र विश्वप्रसिद्ध बाराको ठूलो गढीमाई मन्दिरमा बत्ती बालेर पूजा सुरू हुने परम्परा रहेको स्थानियले बताएका छन । यस पटक सिम्रीकाे गढीमाई मन्दिरका पुजारी तान्त्रिक उमाशंकर धामी कछडिया उक्त मन्दिरमा विधिवत पूजा गरेर बारा बरियारपुरस्थित गढीमाई मन्दिर पुगेपछि मात्र पूजा सुरू हुने बताइएको छ। मन्दिर निर्माण भएसंगै अबका दिनमा भक्तजनहरुलाई सहज रुपमा दर्शन पुजापाठ गर्न सक्ने अनुमान गरिएकाे छ ।

