गरुडाका नगर प्रमुख जयसवालले गरे सडक ढलानकाे शिलान्यास

राैतहट १६ जेष्ठ
राैतहटकाे गरुडामा बुधबार एक कच्चा सडक ढलानकाे शिलान्यास गरिएकाे छ । गरुडा नगरपालिकाकाे वडा नम्बर ४ ब्रहम बाबा मन्दिर जाने कच्ची सडकलाई ढलान सडक निर्माणकाे लागि साेही नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले शिलान्यास गर्नु भएकाे हाे । साे सडक ढलान ८० मिटर हुने र सडककाे चाैडाई १० फिट र सडक ढलानकाे माेटाई ८ इन्च रहने गरुडा नगरपालिकाले जनाएकाे छ । साे सडक ढलान नगर स्तीय बजेटबाट सम्पन्न गर्न लागिएकाे नगर प्रमुख जयसवालले बताउनु भएकाे छ । सडक ढलान हुने भएपछि स्थानिले खुशी ब्यक्त गरेका छन । बर्षातकाे समयमा हिलाम्मे बन्ने सडक ढलान सम्पन्न भएपछि सहज रुपमा हिडडुल गर्न सक्ने स्थानियले बताएका छन ।

ताजा समाचार

Related Articles