राैतहट पत्रकार महासंघकाे कार्यालयमा पत्रकारले नै लगाए ताला

राैतहट १५ जेष्ठ
राैतहट पत्रकार महासंघमा पुन विवाद शुरू भएकाे छ । राैतहटका सक्रिय पत्रकारहरुलाई वाइपास गर्द‌ै महासंघकाे निर्वाचनमा भाेट कै लागि अाफ्ना अासेपासेहरुलाई सदस्यता दिइएकाे भन्दै सक्रिय पत्रकारहरुले पत्रकार महासंघकाे कार्यालयमा साेमबारबाट अनिश्चित तालाबन्दी गरेका छन । नेपाल पत्रकार महासंघले गैर पत्रकारहरुलाई समेटेर पत्रकारहरुको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै साेकाे खारेजको माग गर्दै सोमबार सञ्चारकर्मीहरूद्वारा नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको मुलगेटमा तालाबन्दी गरेको हो । गत जेठ ८ गतेको सहमति विपरीत महासंघले गैर पत्रकारहरुलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्ने गरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गर्दै रौतहट शाखा कार्यालयमा तालाबन्दी लगाउनु परेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको पूर्व अध्यक्ष रबिन्द्र प्रसाद साहकाे भनाई रहेकाे छ । पत्रकार महासंघकाे सदस्यता न्यायोचित नहुँदासम्म आफूहरुले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि साहले दिनु भयाे । गत बर्ष ५६ जना सदस्यता रहेकाे राैतहट पत्रकार महासंघमा अहिले ३७ जनाकाे मात्रै नाम प्रकाशित भएपछि अन्य सक्रिय पत्रकहरु अन्यायमा परेकाे उनीहरुकाे भनाई रहेकाे छ । मंगलबार साे अान्दाेलनकाे प्रतिबद्धताका लागि
प्रेस मञ्च नेपाल, समाजवादी प्रेस संगठन, प्रगतिशील पत्रकार संघ नेपाल, प्रेस चौतारी नेपालले समेत नेपाल पत्रकार महासंघ राैतहटमा पुगेर अनिश्चितकालीन तालाबन्दी सहभागीता जनाएकाे बताइएकाे छ ।

ताजा समाचार

Related Articles