राैतहटकाे चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख चाैधरीलाई ४ बर्षकाे जेल सजाय

राैतहट १४ जेष्ठ
राैतहटकाे चन्द्रपुर नगरपालिकाका तत्कालिन नगर प्रमुख रामचन्द्र चाैधरीलाई ४ बर्ष जेल सजायकाे फैसला सुनाएकाे छ । विशेष अदालत काठमाडौँले राजश्व हिनामिना गरेको अभियोगमा रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीसहित चार जनालाई दोषी ठहर गर्दै  विशेष अदालतका टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले साे नगरपालिकाका तत्कालिन नगर प्रमुखसहित ४ जनालाई नै दोषी ठहर गर्दै बिगो, बिगोको दोब्बर जरिवाना र ४ वर्ष कैद गर्ने फैसला सुनाएको हो । अख्तियारले उनीहरूविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । चन्द्रपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख चौधरीले आंशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा अनियमित ढङ्गले चाँदी नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरी राजस्व छली गरेको ठहर गर्दै  विशेष अदालत यस्तो सजाय सुनाएको हो । विशेषले रामचन्द्र चौधरीलाई ३७ लाख ३४ हजार १ सय ९८ रुपैयाँ बिगो र त्यसको दोब्बर ७४ लाख ६९ हजार ३ सय ९६ को दामासाही बिगो बराबर जरिवाना  हुने ठहर गरेको छ। विशेषले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार ४ वर्ष कैद हुने पनि भनेको छ। त्यस्तै रामविनोद राउत वरैलाई ४ वर्ष कैद र ३७ लाख ३४ हजार १ सय ९८ रुपैयाँ जरिवाना मात्र हुने फैसला सुनाएको छ। त्यस्तै अर्का प्रतिवादी कृष्णप्रसाद सिग्देललाई बिगो २८ लाख २२ हजार बिगो र ५६ लाख ४४ हजार ११ रुपैयाँ जरिवाना हुने र त्यसको दामासाही २८ लाख २२ हजार रुपैयाँ जरिवाना र ४ वर्ष कैद हुने फैसलामा उल्लेख छ।
त्यस्तै अर्का प्रतिवादी रामविनोद राउतलाई ४ वर्ष कैद र २८ लाख २२ हजार बिगो र जरिवाना हुने फैसलामा उल्लेख छ।
सो मुद्दामा प्रतिवादी कीर्तिराज सुवेदीले भने सफाइ पाएका छन् ।

ताजा समाचार

Related Articles