राैतहटकाे गैडाटारमा सिचाईकाे ड्याम बगायाे स्थानिय चिन्तित

राैतहट १४ जेष्ठ
राैतहटकाे उत्तरी चुरेफेदीमा रहेकाे गैडाटारमा रहेकाे सिचाईकाे ड्याम साेमबार अाएकाे बाढीले बगाएकाे छ । तराईका केही दिनदेखि गर्मीले छटपटाई रहेका स्थानियले साेमबार परेकाे बर्षाले राहत महसुस गरेपनि साे बर्षाले अाएकाे बाढीले गेैडाटार गाउमा सिचाईकाे लागि ड्याम निर्माण गरिएकाे थियाे ।  राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ गैडाटारका स्थानियले ड्याम बगाएपछि असारमा धान बाली लगाउन समस्या हुने भन्दै चिन्ता ब्यक्त गरेका छन । जिर्ण बन्दै गएकाे साे ड्यामकाे समयमा नै मर्मत गर्न नसक्दा साेमबार अाएकाे सामान्य बाढीले बगाउदा गैडाटारमा सिचाईमा समस्या अाउने भएकाे छ । तत्काल सम्बन्धित निकायले बैकल्पित सिचाईकाे ब्यबस्थापन गर्नु पर्ने स्थानियकाे माग गरेका छन । अब असारे धान राेप्न धानकाे बीउ राख्न बेलामा नै सिचाईकाे ड्याम नै बगाएकाले धानकाे बीउ नै राख्न नसक्ने अबस्था सिर्जना भएकाे उनीहरुले बताएका छन ।  गैडाटारका स्थानियले चादी नदीकाे पानीलाई सिचाईकाे लागि ड्याम निर्माण गरि सिचाई गर्दै अाएका थिए । अब कसरी सिचाईकाे ब्यबस्थापन गर्ने भन्ने चिन्तामा स्थानिय पेका छन । साे गाउमा ४ बाली अन्न बाली लगाउदै अाएका छन । सिचाईकाे ड्याम नै बगाएपछि खेतीमा पनि प्रभाव पर्ने देखिएकाे छ । अार्थिक बर्ष २०६६/६७ मा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय बिरगञ्ज बाट २ करोड ६६  लाखकाे लगानीमा  ठेक्का लगाएको ड्याम  साेमबार अाएकाे बाढीले भत्काएकाे हाे ।

ताजा समाचार

Related Articles