राैतहट १३ जेठ
राैतहटकाे लालबकैया पुलमा अाईतबार एक ब्यक्ति मृत अबस्थामा फेला परेकाे छ । राैतहटकाे माैलापुर र देवाही गाेनाही नगरपालिकाकाे सिमा नाका लाल बकैया नदि स्थित पुलमा अाईतबार बिहान एक साइकल यात्री मृत्यु भएकाे अबस्थामा शव फेला परेकाे हाे । मृतक बाैधीमाई नगरपालिकाकाे वडा नम्बर ८ सरमुजवाका अन्दाजी ५५ बर्षिय राजमंगल राय यादव भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । प्रहरीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी निरिक्षक झलक शर्माले बताउनु भएकाे छ । मृतक रायले साइकल साेहि स्थानमा राखेकाे र शव पुलमा नै अलपत्र अबस्थमा भेटिएकाे स्थानियले बताएका छन ।

