खेती किसानी गर्न बेल्डीमा डिप बोरिङ सञ्चालन

रौतहट, ९ जेठ । किसानलाई खेती किसानी गर्न सहज हुने उद्देश्यले चन्द्रपुर नगरपालिका–६ का वडाध्यक्ष सहदेव केसीले डिप बोरिङ सञ्चालनमा ल्याएको छ । तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत सो डीप बोरिङ चन्द्रपुर–६ स्थित बेल्डीमा सञ्चालन गरेको हो ।
बेल्डीमा डिप बोरिङ सञ्चालनमा आएसँगै कृषकलाई राहत मिलेको छ । सिँचाइ अभावमा चाहे जतिको उत्पादन लिन नसकिरहेको अवस्थामा सिँचाइ गर्न डिप बोरिङ सञ्चालन भएपछि स्थानीय खुसीको भएका छन् । पहिले सिँचाइका लागि नहर र आकासे पानीको भर पर्नुपर्ने यस क्षेत्रका किसानहरुलाई अहिले सिँचाइको सुविधा आफ्नै हातमा पुगेको छ ।
पानी अभावकै कारण जमिन बाँझो राख्नुपर्ने तथा कम उत्पादन हुने समस्या अब हराएर जाने वडाअध्यक्ष केसीको भनाइ रहेको छ । वडाअध्यक्ष केसीका अनुसार तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत करिब ५० लाखको लागतमा निर्माण गरिएको सो डिप बोरिङ ४ सय ५१ फिट जमिन मुनिको पाइप गाडिएको हुँदा जति गर्मी भएपनि पानी आउनमा कुनै समस्या नहुने बताए ।
सञ्चालनमा आएको डिप बोरिङबाट ८० बिघा जमिनमा सिँचाइ गरिने छ । डिप बोरिङ सञ्चालन भएपछि बेल्डी क्षेत्रका कृषि विकासमा सकारात्मक परिणाम आउने विश्वास गरिएको छ ।
डिप बोरिङ निर्माण भएपछि यस क्षेत्रमा सिँचाइका लागि सहज हुने भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने विश्वास रहेको चन्द्रपुर–६ का स्थानीय खुशीलला गौतमले बताए ।
वडाअध्यक्ष केसीले वडाको दुइ स्थानमा पुनः डिप बोरिङको काम चाडै सुरु हुने बताएका छन् । तराई मधेस समृद्ध कार्यक्रम अन्तर्गत नै चन्द्रपुर–६ का शान्तिनगर र मोथियाहीमा पनि चाडै डिप बोरिङ जडान हुने उनको भनाइ रहेको छ ।

ताजा समाचार

Related Articles