रौतहट, ९ जेठ । रौतहटका वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोदप्रसाद कुर्मी उपर सांघतिक हमला भएको छ । नगरप्रमुख कुर्मीले विभिन्न विकास निर्माणको योजना अनुगमन गरि फर्किने क्रममा वडा नं-१ स्थित रामपुर टोलमा उनीमाथि मंगलबार सांघातिक हमला भएको एकीकृत समाजवादी पार्टी वृन्दावन नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
रामपुर टोलको पुर्व बाटोमा केही जनप्रतिनिधिहरु सहित उनी माथी सांघातिक हमला गरेको विज्ञप्तिमा उल्लेख रहेको छ।
नगर प्रमुख उपर हमला गर्ने को र कुन पार्टीका जनप्रतिनिधि संलग्न रहेको थियो भन्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छैन ।
नगर प्रमुख कुर्मी उपर भएको हमलाप्रति एकीकृत समाजवादी पार्टीका वृन्दावनले घोर निन्दा समेत गरेका छन् ।
एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष सुरेन्द्र पटेलको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा हमला गर्ने समूहलाई कारबाहीको माग गरेको छ ।


