रौतहट ३० फागुन
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मा विहिबार र शुक्रबार २ दिन पशु चौपायाहरुलाई खोप दिने भएको छ । चन्द्रपुर नगरपालिकाको पशु सेवा शाखाले एक सुचना जारी गरि सो नगरपालिकाको वडा नम्बर १ क्षेत्रका गाइ , भैसी , बाछाबाछी , पाडापाडी लगायतका पशु चौपायाहरुलाई भ्यागुते र चरचरे रोग बिरुद्धको खोप लगाइने सो शाखाले जनाएको छ । चैत्र १ गते र २ गते गरि २ दिनसम्म सो खोप लगाउने कार्यक्रम तय गरिैको पशु सेवा शाखा प्रमुख दुर्गा प्रसाद चिमोरियाले तराई पोष्टलाई जानकारी दिनु भयो । खोप लगाउने कार्य बिहान ७ बजेदेखि शुरु हुने समेत जनाइएको छ । आफ्नो गाउ टोलमा आउने पशु प्राबिधिकहरुसंग समन्वय गरि खोप लगाउन समेत अपिल गरेको छ ।

