रौतहटको गौर सामाजिक क्षेत्रमा मुलुक कै उत्कृष्ट नगरपालिकाद्धारा सम्मान

रौतहट ३० फागुन
रौतहटको गौर नगरपालिकाले सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको छ । मंगलबार काठमाडौमा नेपाल नगरपालिका संघको ३१ औ वार्षिक उत्सवको अवसरमा रौतहटको गौर नगरपालिकालाई सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको भन्दै सम्मान गरेको छ । सो अवसरमा आयोजित सो कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि भानुभक्त जोशीले गौर नगरपालिकालाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गरेको हो । गत बर्ष गौर नगरपालिका मधेश प्रदेश मै सबै क्षेत्रमा पहिलो स्थान ओगटेको थियो । सम्मान कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले उक्त उत्कृष्ट पुरस्कार ग्रहण गर्नु भएको थियो । सामाजिक क्षेत्रमा गौर नगरपालिका देशमै सर्वोत्कृष्ट भएपछि अझ जिम्मेवारी बढेको र थप हौसला प्राप्त भएको नगर प्रमुख साहको भनाइ छ ।

ताजा समाचार

Related Articles