आगलागी हुँदा रौतहटमा तीन घर जलेर नष्ट हुँदा ७ लाखको क्षति

रौतहट,१ चैत । रौतहटमा आगलागी भएर तीन घर जलेर नष्ट हुँदा ७ लाख बराबरको क्षति भएको छ। रौतहटको राजदेवी नगरपालिकामा बुधबार साँझ आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
राजदेवी-७ मुडवलवामा भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका हुन् । आगलागीबाट स्थानीय कैलाश राउत बरई, शत्रुधन साह र हृदय साहको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
आगलागीमा घरमा रहेको अन्न, लत्ताकपडा लगायतका लाखौंको सरसमान जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन ।
जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले आगलागीबाट तीनै जनाको घरको सरसामान गरी कुल ७ लाख बराबरको क्षती भएको अनुमान गरिएको बताइन् ।
स्थानीय,शसस्त्र प्रहरी मिलेर गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका सभापती राजकिशोर यादवसहित पदाधिकारी आगलागी पीडितको घरमा पुगेर बिभिन्न सरसामान, भाडा वर्तन तथा खानेकुरा त्रिपाल सहयोग गरेको छ ।

ताजा समाचार

Related Articles