रौतहटमा काठसहित टायर र राँगा वनको नियन्त्रणमा

रौतहट, ९ फागुन । रौतहटको बलेरी वन क्षेत्रबाट अवैध रूपमा कटान गरेर सर्लाहीतर्फ लान लागेको काँचो सालको काठ बरामद भएको छ । वृन्दावन सब डिभिजन वन कार्यालयका कर्मचारीहरुले सो काठ बरामद गरेर डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा पठाएका हुन् ।
बलेरीको वनभित्र सर्लाहीका काठ तस्करहरूले रातिको समयमा काठ काटेर टायर गाडामा लोड गरी लान लागेको अवस्थामा वन वनगस्ती टोलीले बरामद गरेको हो ।
वृन्दावन सब वन डिभिजन कार्यालयका वन अधिकृत अनिल कुमार महतोको कमाण्डमा खटिएको गस्ती टोलिले गस्तीमा गएको सो काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
वनगस्ती टोलीले एक थान टायर गाडा, करिब ५८ क्युफिट काँचो सालको गोलिया, र एउटा राँगा बरामद गरेर डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा बुझाएको हो ।
बरामद गरिएको समाग्री आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय, रौतहटमा ल्याइएको र संलग्न तस्करहरुको खोजी कार्य जारी रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएका छन् ।
रौतहटको बलरी वन क्षेत्रमा पछिल्लो समय सर्लाहीका काठ तस्करको आँखा परेको र उनीहरूले रातिको समयमा सो वन क्षेत्रबाट काँचो सालको गोलिया काटेर लाने गरेको स्थानीय बासिन्दाहरुले बताउँदै आएका छन् ।
वन कर्मचारीहरूले नियमित रूपमा वनगस्ती नगरेका कारण रौतहटको राष्ट्रिय वनमा दिनप्रतिदिन हानि नोक्सानी हुँदै आएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् ।

ताजा समाचार

Related Articles