वृन्दावनमा निःशुल्क आँखा तथा दाँत शिविर सम्पन्न

वृन्दवन, ७ फागुन । रौतहटको वृन्दावन नगरपालिका वडा नं– १ बलेरी खोरमा निःशुल्क आँखा तथा दाँत शिविर सम्पन्न भएको छ ।
श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको आयोजनामा आईतबार प्राथमिक विद्यालय वृन्दावनमा निःशुल्क आँखा तथा दात शिविर सम्पन्न भएको हो ।
शिविरमा महिला र पुरुषगरी १५० जनाको दाँतको उपचार गरिएको थियो भने,२७१ जनाको आँखा चेकजाँच गरिएको थिए । जसमध्ये ९३ जनामा मोतियाबिन्दु भएको फेला परेको चिकित्सकहरुले जानकारी दिए । उनीहरुको निःशुल्क अपरेसन समेत गरिने हेटौँडा समुदायिक आँखा अस्पतालका डाक्टर सुशिल कुमार सिंहले जानकारी दिए ।
मुतियाबिन्दु देखा परेका सबैजनालाई हेटौँडा सामुदायिक आँखा अस्पतालमा मंगलबार निःशुल्क सलेक्रिया हुने उनले बताए ।
शिविरमा चन्द्रनिगाहपुरमा रहेको प्रणामी दाँत घरका प्रमुख डाक्टर यादव प्रसाद घिमिरेको टोलि खटिएका थिए ।
शिविरमा विशेष सहज बनाउन रोटरी क्लब अफ मकमानपुरका प्रतिनिधि शिवकुमार कार्कीको नेतृत्वको टिम सहयोग रहेको थियो ।

शिविरका प्रमुख अतिथी वृन्दावन नगरपालिकाका पूर्व अडाअध्क्ष सुबोध पटेलले रहेको थियो भने, शिविर कार्यक्रमका अध्यक्षता कृष्ण प्रणामी युवा परिषद् नेपाल, जिल्ला समिति रौतहटका अध्यक्ष विमल सापकोटाले गरेको थियो । यस्तै कार्यक्रम कृष्ण प्रणामी युवा परिषद् नेपाल, जिल्ला समिति रौतहटका सचिव हरि देवकोटाले सञ्चालन गरेका थिए ।

ताजा समाचार

Related Articles