रौतहट,१२ फागुन । रौतहट प्रहरीले अबैध रुपमा भारतबाट ल्याईएको अढाई क्विन्टल माछा नष्ट गरेको छ।
बिशेष सूचनाको आधारमा गढीमाई नगरपालिका-७ धर्मपुरबाट जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले सो माछा नष्ट गरेको हो ।
भारतबाट अबैध रुपमा भित्र्याइएको अढाई क्विन्टल माछा स्थानिय भद्रभलादमीको रोहवरमा प्रहरी चौकीको हाताभित्रै खाल्डो खनेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तस्करहरुले सस्तो मूल्यमा पर्ने भनेर बिभिन्न जातको भारतीय माछा जिल्लामा अबैध रुपमा भित्र्याएर बिक्रि गर्ने गर्दै आएका छ्न । नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले यहाँका दर्जन बढी तस्कर भारत आन्ध्र प्रदेशमा उत्पादित बचवा लगायत जातको माछा अबैध रुपमा भित्रयाउने गरेको हो ।
आन्ध्र प्रदेशबाट रौतहटसम्म ल्याउँदा दुई हप्तासम्म समय लाग्ने भएकाले तस्करहरुले उक्त माछा ल्याउन बिभिन्न प्रकारको खतरनाक केमिकलको प्रयोग गर्दछन्।

