रौतहट २६ माघ
रौतहटको मौलापुरका नगरप्रमुख रीना कुमारी साहले फतुवाविजयपुरमा नाग देवताको मन्दिर बनाउने घोषणा गर्नु भएको छ । फतुवाविजयपुर नगरपालिकाको वडा नम्बर ३ को मेवामा नाग देखा परेको भन्दै हेर्नको लागी भिड नै लाग्ने गरेको छ । सितलपुर मेवा सिमानामा अदभुत नाग देवता देखापरेपछि नगरप्रमुख साहले सो स्थानमा नाग देवताको मन्दिर बनाउनु पर्ने स्थानियले बताएपछि उहाले मन्दिर बनाउने घोषणा गर्नु भएको हो । सो वडाका वडा अध्यक्ष संजय यादवसहित जप्रतिनिधिहरु नाग देवताको दर्शन गर्न गएका साहले आफ्नो मौलिक धर्म संस्कुति र पर्यटक प्रबर्द्धनमा प्रत्यक्ष योगदान पुग्ने स्थानियले बताएका छन । नगर प्रमुख साहको सो घोषणाले स्थानियले खुशी ब्यक्त गरेका छन ।

