गठबन्धन सरकारले देशलाई अस्तब्यस्त बनाए : अध्यक्ष ओलि

रुपेन्द्र पटेल
रौतहट २५ माघ ।
नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले अहिलेको गठबन्धन सरकारले देशलाई अस्त ब्यस्त बनाएको बताएका छन् ।
जनताको कुनै काम गर्न नसकेका यी सरकारले हामीलेथालेको  काम समेत अलपत्र परेको उनले बताएका हुन् ।
अध्यक्ष ओलीले एमालेले सुरु गरेका विकासका आयोजनाहरू गठबन्धन सरकारले पूरा गर्न नसकेको बताएका छन् ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको उदघाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको बताएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिमा आउनुभन्दा पहिला आफूले रौतहट आएर राजनीति सुरु गरेको बताउँदै ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोप लगाए ।
आफ्नो बनी बनाउको घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै गएका माधव नेपाललाई गठबन्धनले लात हानेर निकालेपछि उनी घर न घाटका हुने ओलीको जिकिर थियो ।
१५ सालमा एमालेको लालकिल्ला रहेको रौतहटलाई पुन लाल एमालेकै लालकिल्लाको रुपमा बिरासत फर्काउनका लागि उनले एमाले नेता तथा कार्यकर्तालाई निर्देशनदिएका थिए ।
अहिलेको देशको जरजर अवस्थाको कारण गठबन्धन सरकार भएका कारण अब यो सरकारले देश चलाउन नसक्ने उनको भनाई रहेको थियो ।

ताजा समाचार

Related Articles