रौतहट चन्द्रपुरले सोनाम ल्होछारमा दियो सार्वजनिक बिदा

रौतहट २६ माघ
रौतहटको चन्द्रपुर नगरपालिकाले तामाङ समुदायको राष्ट्रिय सास्कृतिक पर्व सोनाम ल्होछारको आइतबार सार्वजनिक विदा दिएको छ । चन्द्रपुर नगरपालिकाको सो निर्णय नगर स्तरिय रहेको नगर प्रमुख संजय करमार काफ्लेले बताउनु भएको छ । माघ २८ गते आइतबार चन्द्रपुर नगरपालिका क्षेत्रभरि रहेका सम्पुर्ण कार्यालयहरु र शैक्षिक संस्थाहरु बन्द रहने नगरपालिकाले जनाएको छ । सोनाम ल्होछारको आम नगरबासीमा शुभकामना सन्देश समेत दिइएको नगरपालिले एक सुचना जारी गरि जानकारी गराइएको हो ।

ताजा समाचार

Related Articles