रौतहटमा खस्याो बरफको ढिक्का , स्थानिय चकित

रौतहट २३ माघ
रौतहटको राजदेवी नगरपालिकामा अचानाक एक बरफको ढिक्का आकाशबाट खसेको छ । राजदेवी नगरपालिकाको वडा नम्बर ९ ब्रह्मपुरीमा सोमबार राती साढे १० बजेको समयमा एक्कासी सेतो बरफको ढिक्का खसेको स्थानियले बताएका छन । छिमेकी देश भारतमा चिसो बढेको र सो चिसोको प्रभावले भारतीय सिमासंग जोडिएको राजदेवीको ब्रम्हपुरीमा पानीको डल्लो बरफ भएर खसेको हुन सक्ने स्थानियको आंकलन रहेको छ । सो बरफको ढिक्का हेर्नको भिड नै लागेको छ । यसभन्दा अगाडी रौतहटमा कहिल्यै यस किसिमको दृश्य नदेखेको उनीहरुको भनाइ रहेको छ । वास्तवमा यो बरफ नै हो कि अन्य पदार्थ हो यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles