रौतहट २३ माघ
रौतहट बचत तथा ऋण सहकारी संघको अर्धबार्षिक तथा वनभोज कार्यक्रम सोमबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०।०८१ को अर्धबार्षिक समिक्षा बैठक , वजभोज तथा घुम्ति बैठक सोमबार रौतहटको पर्यटकिय स्थल चन्द्रपुर १ नुनथरमा सम्पन्न गरिएको संघका अध्यक्ष बिभु पोख्रेलले तराइ पोष्टलाई जानकारी दिनु भयो । बिशेष ब्यक्तित्व सहकारी अभियान्ता तथा संघका पुर्व अध्यक्ष खडग बहादुर बम्जन रहनु भएको कार्यक्रममा बम्जनले अहिलेको संघको नयाँ टिमले संघको आर्थिक पाटो देखि अन्य कार्यमा काम गर्न सक्छ भन्ने बिश्वास ब्यक्त गर्नु भएको छ । संघका उपाध्यक्ष राम बिश्वास पासवानले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संघको अर्धबार्षिक आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष नरेन्द्र ब. रानाले प्रस्तुत गर्नु भएको थियो । संघका संचालक समितिका सदस्य तथा ऋण उपसमितिका संयोजक दुर्गा आचार्यले संघले बिगतका दिनहरूमा सहकारीले लगानी गरेको ऋण रकमलाई असुली प्रक्रियामा तीव्रताका साथ लाग्ने बताउनु भयो । कार्यक्रमको संचालन संघका महासचिव देव ब. सापकोटाले गर्नु भएको थियो । संघका संचालक समितिका पदाधिकारी सहित लेखा सुपरिवेक्षण समितिका पदाधिकारी सम्मीलित कार्यक्रममा संघमा आवद्ध सहकारीका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । संघका अध्यक्ष बिभु पोखरेलको सभा अध्यक्षयतामा सप्पन्न भएको कार्यक्रममा अध्यक्षद्वारा संघका भावी कार्य योजनाको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको संयोजक तथा संघका सचिब बसन्त आचार्यले यस्ता कार्यक्रमहरुले सहकारी सहकारी बिचको सम्बन्ध अझै बलियो बनाउने र यस्ता कार्यक्रमलाई संघले बार्षिक रुपमा निरन्तरता दिने उहाले बताउनु भयो । संघका अध्यक्षको नेतृत्वमा चन्द्रपुर -१ मा रहेको बागमती साकोस तथा उन्नतिशील महिला साकोसको कार्यलयमा पुगि उक्त सहकारीका आर्थिक तथा अन्य गतिविधिको जानकारी लिने दिने गरेर कार्यक्रम सम्पन्न भएको संघले जनाएको छ ।

