गर्भपतन नगर्दा रौतहटमा एक महिला घर निकाला

रौतहट २३ माघ
रौतहटमा गर्भपतन नगराउन नमान्दा एक महिला घर निकाला भएकी छिन । रौतहटको परोहा नगरपालिकाको वडा नम्बर ७ नरकटिया टोलकी बर्ष ३०का किरण देवीलाई आफ्नो श्रीमान , सासु , ससुरा , जेठान , देवर , नन्द लगायतका घरका आफन्तहरुले माइतीबाट घर पुग्दा घर प्रबेशमा निषेध गरी कुटपिट गरेर निकाला गरेको पिडितले उजुरी दिएपछि सो घटना बाहिरीएको छ । आफुमाथी अन्याय गर्ने पिडकलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिइएको पिठित किरण देवीले तराई पोष्टलाई बताउनु भयो । सामाजिक परम्परा अनुसार २०७७ सालमा किरणको स्थानिय आलोक पटेलसंग विवाह गरेका थिए । पिडितले श्रीमानले दुइ पटक आफ्नो गर्भ पतन गराइ सकेको पुन तेस्रो पटक गभए पतन गराउन खोज्दा आफुले नमानेकाले कुटपिट गरि घरबाट निकालिएको बताउनु भएको छ । निज किरणको २०७७ सालमा विवाह भएको भएतापनि अहिले सम्म विवाह दर्ता , नेपाली नागरिकताको प्रमाण पत्र समेत नबनाएको र पुन गर्भ पतन गरेमा आफुले सबै बनाइ दिने श्रीमानले बताउदै आएको पिडितको जनाएकी छिन । अहिलेको गर्भ २ महिनाको भइसकेकाले आफ्नो ज्यानको खतरा रहको र गर्भ पतन गर्न आफु तयार नभएको उहाको भनाइ रहेको छ । गत शुक्रबार माइतीबाट घर जादा श्रीमान आलोक पटेल , ससुरा हरेन्द्र पटेल , सासु कौशल्य देवी , जेठान राजु पटेल , सन्तोष पटेल , देवर छोटेलाल पटेल र नन्द द्धय पिंकी पटेल र रागनी कुमारी पटेलले सामुहिक रुपमा कुटपिट गरेर घर निकाला गरेको पिडितले बताएकी छिन । पटक पटक गरि आफुलाई विभिन्न बाहानामा १५ लाख ऋण काट्न लगाई सो रकम श्रीमानलाई दिएको र पुन थप रकम माग गर्ने गरेकोमा आफुले दिन नसक्ने भनेपछि अर्को विवाह गर्ने धर्की दिने गरेको समेत पिडितले गर्भ बताउनु भएको छ । आफुले सम्बन्धित निकायमा उजुरी दिएको ले कानुनी कारवाही भइ आफुले न्याय पाउने आशामा रहेको पिडित किरणको भनाइ रहेको छ ।

ताजा समाचार

Related Articles