रौतहट २३ माघ
रौतहटको गौरस्थित गौर अस्पतालका बिरामीहरुलाई प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा सोमबार रौतहट शाखाले फलफुल वितरण गरिएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य अजय कुमार गुप्ता सहितको टोलीले सोमबार गौर अस्पतालका ४० जना बिरामीहरुलाई फफुल वितरण गरेको प्रेस चौतारी नेपाल रौतहटका सचिव मुकेश कुमार साहले जानकारी दिनु भयो । एमाले केन्द्रिय सदस्य गुप्ता र केन्द्रिय देखा आयोका सदस्य राजकिशोर यादवले चौतारीको गरेको यो कार्यको प्रशंसा गर्नु भएको थियो । बिरामीहरुलाई स्याल , सुन्तला , अंगुर , अनार लगायतका फलफुल वितरण गरेको प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष उत्तम कुमार उपाध्यायले जानकारी दिनु भयो ।

