रौतहट २२ माघ
रौतहटको गरुडा नगरपालिकामा लगाइएको ताला सोमबारबाट खुलेको छ । सो नगरपालिकाका ६ जना वडा अध्यक्षसहित उपप्रमुख पुनम देवी चौधरीले विभिन्न मागहरु राख्दै एक महिना अगाडी लगाइएको ताला सोमबारबाट खुलेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । उनीहरुले नगरपालिकाको मुल गेटमा ताला लगाई एक महिनादेखि धर्ना दिदै आएका थिए । नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले आन्दोलनरत वडा अध्यक्षसहित उपप्रमुख चौधरीको मागको सम्बोधन गर्न लिखित सहमति गरेपछि गरुडा नगरपालिकाको ताला सोमबारबाट खुलेको नगरपालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको पहलमा सोमबार बसेको छलफलमा नगर प्रमुख जयसवाल र आन्दोलनरत पक्षबिच लिखित सहमति भएपछि आफ्नो आन्दोलनका कार्यक्रमहरु फिर्ता लिदै नगरपालिकाको ताला खोली दिएको उपप्रमुख पुनम देवी चौधरीले बताउनु भयो । सोमबार सहमति जुटेपछि गरुडा नगरपालिकाको नगर प्रमुख , उपप्रमुख , वडा अध्यक्षरुबिच हुदै आएको मनमुटाव , मतभेद तथा द्धन्दको अन्त्य भएको स्थानियले बताएका छन ।

