रौतहट २१ माघ
रौतहटका पत्रकार फणिदेव महत क्रियासिल पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा लामो समयदेखि पत्रकारितामा आफ्नो अस्तित्व स्थापित गरि सक्नु भएका महत प्रगतिशिल तथा श्रमजिवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा माघ २६ गते सोमबार एक कार्यक्रमकाबिच पुरस्कारसहित सम्मानित गर्ने प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले बताउनु भयो । संगठनले अग्रजहरूको सम्मान तथा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरी हरेक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न विधाको पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गर्ने निर्णय गरेको हो । बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल रहनु भएको सिफारिश समितिले विभिन्न चरणमा बैठक गरी उक्त पुरस्कार छनोट गरेको हो । गठनले केन्द्र सहित सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूमा विभिन्न रचनात्मक कार्यक्रम गरी माघ २२ गते संगठनको २६ औँ स्थापना दिवस मनाउने समेत महासचिव हिरामान लामाले जानकारी दिए ।

