बाराको जीतपुर सिमराको रामनगरमा शनिबार ल्होछार बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

बारा २१ माघ

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शनिबार ल्होछार बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरस्थित खेल मैदानमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति बाराको आयोजनामा सो
कार्यक्रम सम्पन्न भएको हो । बारा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य घलानको सभापतित्वमा भएको उक्त कार्यक्रम प्रमुख अतिथि नेपाल तामाङ्ग घेदुङ्ग संघिय उपाध्यक्ष रामकृष्ण लामाले पानसमा दिप प्रज्वलन गरी उदघाटन गरेका थिए । मन्जुश्री सम्वद २८६० औं सोनाम ल्होछार ‘डुक ल्हो’ गडुल वर्गको अवसरमा कार्यक्रममा विभिन्न संस्कृतिक र विभिन्न क्षेत्रबाट घेदुङ्गलाई सहयोग गर्ने संस्थाहरुलाई मायाको चिनोले सम्मानितका साथ सम्मान गरि सम्पन्न गरेको छ । कार्यक्रममा स्थानीय कलाकार सहित राष्ट्रिय ख्यति प्राप्ता कलाकारहरुले प्रस्तुती दिएका थिए । चर्चित गायक विशाल काल्तान, तामाङ्ग सेलो गायिका जितु लोप्चन, सेलो जगतमा राम्रो छवि बनाएका गायक साम्तेन मोक्तान, पछिल्लो समय ख्यती कमाउन सफल गायक हिरा दोङ्ग र तामाङ्ग गायक केशर सिं मोक्तान लगायतले प्रस्तुति दिएका थिए । कार्यक्रममा संघीय संसद ज्वाला कुमारी साह, रविन्द्र दास श्रेष्ठ, निर बहादुर थिङ्ग, श्याम लामा,मणि लामा, राजकुमार डिम्डुङ्ग नेपाल तामाङ्ग घेदुङ्ग केन्द्र सदस्य सविना घिसिङ्ग नेपाल तामाङ्ग घेदुङ्ग प्रदेश अध्यक्ष यमलाल गोले प्रदेश सदस्य सन्जिव लोप्चन, निजगढ नगरपालिकाकि उप प्रमुख सोममाया थिङ्ग, बेनी बहादुर मोक्तान, जितपुर सिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष भिम बहादुर गङ्तान, पेमा सिद्दी लामा निजगढ नगरपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष टेक बहादुर लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १७ का वडा अध्यक्ष भिम बहादुर गङतान र दिल बहादुर थिङ्ग लगायतले शुभकामना व्यक्त गरेका थिए । नेपाल तामाङ घेदुङ बारा जिल्ला समन्वय समितिका उपाध्यक्ष तिलक जिम्बाले स्वागत र तिर्थ तामाङ, सुमित्रा वाईवाले कार्यक्रम सञ्चालन गरेका थिए ।

ताजा समाचार

Related Articles