रौतहट २१ माघ
रौतहटको चन्द्रपुरमा रहेको मुनलाइट एकेडेमीको २० औ खेल सप्ताह आइतबारबाट शुरु भएको छ । लामो समयदेखि रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ मा अबस्थित मधेश प्रदेश कै निजि विद्यालयतर्फ उत्कृष्ट बन्न सफल मुनलाइट एकेडेमीको २० औ खेल सप्ताह चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले उद्घाटन गर्नु भएको छ । विद्यार्थीहरुको शारिरीक विकासका साथै मानसिक विकासका लागी खेलकुद क्षेत्रको महत्व रहेको उपप्रमुख चौधरीको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले खेल सप्ताह प्रभाबकारी रुपमा गदै लैजानु पर्ने धारणा राख्नु भएको थियो । विद्यालय स्थापना भएको सालबाटै नै सञ्चालन गरिएको खेल सप्ताह २०८० सम्ममा २० बर्ष निरन्तरता दिदै आएको विद्यालयका प्रिन्सिपल श्याम किशोर चौधरीले जानकारी दिनु भयो ।

