रौतहटको गरुडामा खसिको मासु विक्रिमा एकरुपता

रौतहट २१ माघ
रौतहटको गरुडा नगरपालिकामा खसिको मुल्य नगर उद्योग बाणिज्यले तोकिदिएको छ । रौतहटका विभिन्न पालिकाहरुमा मासु ब्यापारीहरुले खसिको मासुको मुल्य मनलाग्दी लिने गरेको स्थानियको गुनासो आएपछि गरुडा नगर क्षेत्रभित्र खसिको मासुको मुल्यमा एकरुपता आउने भएको छ । नरुडा नगर उद्योग वाणिज्य संघ र मासु ब्यावसायबिच भएको छलफलमा फल मासु प्रति किलो ९५० र आन्द्रभुडीसहित प्रति किलो ९०० का दरले विक्रिवितरण गर्ने सहमति जुटेको छ । माघ २० गते आइतबारबाट लागु हुने गरि नगर क्षेत्रभरिमा खसिको मासुको मुल्य तोकिएकाले सोही अनुसार मासु विक्रि र्न गराउन संघले अपिल गरेको छ । यदि तोकिएको मुल्यभन्दा बढीमा मासु विक्रि गरेको पाइएमा जरिवाना स्वरुप ५ हजार १ सय रुपिया असुल्ने संघले एक सुचना जारी गरि जानकारी गराएको छ ।

ताजा समाचार

Related Articles