रौतहटमा दाइजो नदिएको भन्दै एकको हत्या

रौतहट १५ माघ
रौतहटमा दाइजोको निउमा एक महिलाको हत्या गरेको पिडितका बुबाले आरोप लगाएका छन । रौतहटको गौर नगरपालिकाको वडा नम्बर ४ सबगढामा दाएजो नदिएको निहुमा एक महिलाको हत्या गरिएको जनाइएको छ । विवाहमा नगद रकम कम दिएको , सुत्ने खाट , कुर्सी जस्ता फर्निचरका सामग्रीहरु ससुराली पक्षले नदिएकाले छोरीको हत्या गरेको मृतकका बुबा संजय बैठ्ठाले बताउनु भयो । सामाजिक परम्परा अनुसार २०७७ साल जेष्ठ महिनामा विवाह गरेको मौलापुर नगरपालिकाको बौधामा सावितको घर भएको हाल गौर नगरपालिकाको वडा नम्बर ४ मा बस्दै आएका सुनिल बैठ्ठाले आफ्नो आमा संग मिलेर २१ बर्षिय छोरी पुनमदेवी बैठ्ठाको हत्या गरेको बुबा संजय बैठ्ठाको दावी रहेको छ । भारतको मोतीहारी जिल्ला रुसुलपुर घर भइ हाल काठमाडौमा ब्यापार गर्दै आएका बैठ्ठाले दाइजोको बिषयलाई लिएर छोरीलाई लामो समयदेखि नै कुटपिट गर्दै आएको र शुक्रबार ज्वाइ सुनिल बैठ्ठा र सासुले हत्या गरेर घरमा झुन्ड्याएको दावी गर्नु भएको छ । छोरीलाई पटक पटक ज्वाइ र सासु , ससुराले दाइजोको माग गर्दै मानसिक , शारिरिक यातना दिने गररेको बताउनु हुदै काठमाडौमा प्रहरीमा उजुरी समेत दिएको मृतकका आमा सीता देवीको भनाइ रहेको छ । ससुरा बिजुली बैठ्ठाको इशारामा छोरीको हत्या गरेको सीता देवीले दावी गर्नु भएको छ । मृतकका माइती पक्षले दोषिलाई कानुनी कारवाही गर्न माग गरेका छन । पिडितका आमाबाबुले ज्वाइ विरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा जाहेरी दिन जादा आफ्नो जाहेरी लिन प्रहरीले अस्वीकार गरेको उनीहरुले बताएका छन ।

ताजा समाचार

Related Articles