मधेश प्रदेशमा ९ हजार १ सय ५२ जना प्रहरी समायोजन हुने

जनकपुर,१५ माघ । मधेश प्रदेशमा ९ हजार १ सय ५२ जना प्रहरी समायोजन हुने मधेश प्रदेशका मृहमन्त्री मो.समिमले बताएका छन् । प्रदेशमा कति प्रहरी समायोजन हुने विषयमा प्रहरी समायोजन ऐनमा नै त्यसको टुंगो लागि सकेको र सो अनुसार मधेश प्रदेशका सो संख्यामा प्रहरी समायोजन हुने उनले बताए ।
चार वर्ष अघि आएको प्रहरी समायोजन ऐन अनुसारमा प्रदेशमा ५४ हजार ७ सय २० प्रहरी प्रदेशमा समायोजन हुने उल्लेख छ । संघीय सरकारको गृह मन्त्रालय मातहत २४ हजार ८ सय २१ प्रहरी रहने छ । उक्त ऐन अनुसार कोशी प्रदेशमा १० हजार ७ सय १७, मधेशमा ९ हजार १ सय ५२, बागमतीमा ७ हजार ३ सय चार, गण्डकीमा ६ हजार ७ सय ४५, लुम्बिनीमा ९ हजार ४ सय ४३, कर्णालीमा ५ हजार ४ सय ५८ र सुदूरपश्चिममा ५ हजार ९ सय १ प्रहरीको दरबन्दी कायम गरिएको छ ।
त्यसैगरि, प्रदेशको प्रहरी प्रमुखमा डिआईजी रहने छन् । प्रदेशमा डिएसपीदेखि समायोजन हुने छ । त्यसैगरि, प्रदेश प्रहरी कार्यालयमा दुई जना वरिष्ठ प्रहरी उपरीक्षक र एक जना प्रदेश प्रहरी तालिम केन्द्रमा वरिष्ठ प्रहरी उपरीक्षकको व्यवस्था गरिएको छ ।
संघिय सरकारले माघ महिनाभित्रै प्रहरी समायोजन प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ ।

ताजा समाचार

Related Articles