रौतहट १३ माघ
रौतहटको मौलापुरबाट लागु औषध नाइट्राभेट सहित एक जना पक्राउ परेको छ । शनिबार बाराको पटेर्वाबाट विजयपुरतर्फ जादै गरेको ना. १३ प ४१९२ नम्बरको मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ८ विजयपुरका बर्ष २८ का सञ्जय कुमार दासलाई चेकजाच गर्दा दासलाई लागु औषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ । थप कारवाहीका आवश्यक अनुसन्धान गपररहेको रौतहट प्रहरीले तराई पोष्टलाई जानकारी दिनु भयो ।

