रौतहट १३ माघ
रौतहटको गौर नगरपालिकामा शनिबारबाट मेयर कप क्रिकेट प्रतियोगीता शुरु भएको छ । रौतहटको सदरमुकाम गौरस्थित राइसमिल खेल मैदानमा शुरु भएको सो प्रतियोगीताको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले उद्घाटन गर्नु भएको हो । रौतहट क्रिकेट संघको आयोजना र गौ नगरपालिकाको सहयोगमा सो प्रतियोगीता सञ्चालन भएको गौर नगरपालिकाले जनाएको छ । प्रतियोगीता गौर नगरपालिकाका ९ ओटा वडाका क्रिकेट टिमले सहभागीता जनाएको बताइएको छ । शनिबारको उद्घाटन खेलमा गौर नगरपालिकाको वडा नम्बर १ र ५ बिच प्रतिस्पर्धामा उत्रिएका थिए । उद्घाटन खेलमा वडा नम्बर ५ लाई वडा नम्बर १ ले ६६ रनले जित हात पारेको आयोजकले बताएको छ । प्रतियोगीतामा वडा नम्बर १ ले वडा नम्बर ५ लाई १७३ रनको टार्गेट दिएको थियो । तर वडा नम्बर ५ ले आफ्नो सम्पुर्ण विकेट गुमाएर १०६ रन मात्रै जोडेका थिए । शनिबारको खेलमा वडा नम्बर १ का रवि साहलाई म्यान अफ द म्याच घोषण गरिएको थियो । कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह , प्रशासकिय अधिकृत सुभाब ठाकुर , पवन साह , सशस्त्र प्रहरी नायव उपरिक्षक अमर लामा , बिक्रान्त नेपाल लगायतका ब्यक्तिहरुको सहभागीता जनाएका थिए ।

