रंगपुर साझेदारी वनको नेतृत्वमा गरुडाका यादव चयन

रौतहट १३ माघ
रौतहटको रंगपुर साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा अशोक यादव निर्वाचित हुनु भएको छ । शनिबार रौतहटको गरुडा क्याम्पसमा सम्पन्न एक भेलाले यादवलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । रौतहटको चन्द्रपुर नगरपालिकादेखि गौर नगरपालिकासम्म ११ ओटा पालिका र ४२ ओटा वडा छोएको सो रंगपुर साझेदारी वन उपभोक्ता समितिमा गरुडा नगरपालिकाको वडा नम्बर ६ अमरपट्टीका पुर्व वडा अध्यक्ष यादव निर्वाचित हुनु भएको सो उपभोक्ता समितिले जनाएको छ ।

ताजा समाचार

Related Articles