रौतहट १३ माघ
रौतहट प्रहरीले हराएको मोबाइल फोन शनिबार सम्बन्धित ब्यक्तिलाई बुझाईएको छ । रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर ९ का महम्द सर्वेस आलमको मोबाइल फोन केही दिन अघि हराएको थियो । सो मोबाइल फोन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरीले फोला पारि शनिबार आलमलाई बुझाईएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । आलमले आफ्नो मोबाइल फोन हराएको प्रहरीलाई जानकारी दिएपछि सो मोबाइल फोन फेला पारि सम्बन्धित ब्यक्तिलाई बुझाईएको प्रहरीको भनाइ रहेको छ । रौतहटका विभिन्न क्षेत्रमा पछिल्लो समय स्थानियका मोबाइल फोन , मोटरसाइकल , साइकल जस्ता विभिन्न घरायसी सामग्रीहरु हराउने गरेको उनीहरुको भनाइ रहेको छ । २४ घण्टा नै प्रहरीले स्थानिय गाउगाउमा गस्ति बढाउनु पर्ने माग गरे पनि बिशेष गरि रातको समयमा गस्तिले कडाइ गर्नु पर्ने भनाइ रहेको छ ।

