सर्लाही १३ माघ
सर्लाहीको हरिवनमा जवरजस्ति करणीको प्रयास गर्ने एक शिक्षक पक्राउ परेका छन । सर्लाहीको हरिवन नगरपालिकाको वडा नम्बर ११का ४२ बर्षिय रबिन कार्कीले आफैले अध्यापन गर्दै आएका एक छात्रालाई मदिरा सेवन गरि छात्रा कै घरमा पुगेर जबरजस्ति करणीको प्रयास गरेका थिए । हरिवन नगरपालिकाको वडा नम्बर १० सुखेपोखरीमा सञ्चालनमा रहेको मोडल युरिका एकेडेमीका शिक्षक कार्कीले घरमा भान्सामा काम गरिरहेकी छात्रालाई जबरजस्ति करणीको प्रयास गरेका छात्राले परिवारलाई बताएपछि सो घटना परिवारले थाहा पाएका थिए । किशोरीका परिवारले घटनाबारे प्रहरी कार्यालयमा जाहेरी दिए लगतै कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरिक्षक अनिलराज गिरिले जानकारी दिनु भयो । कार्कीलाई ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

