राष्ट्रिय सभामा रौतहटका चौधरी निर्वाचित

रौतहट ११ माघ
राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टीका रौतहटका प्रदेश सभा सदस्य पुजा चौधरी निर्वाचित हुनु भएको छ । चौधरी मधेश प्रदेशको सत्ता गठबन्धनको तर्फबाट उमेम्वार बन्नु भएको हो । रौतहटको गुजरा नगरपालिकाका चौधरीले प्रदेश सभाको २०४८ मतभार र स्थानिय तहका पदाधिकारीहरुको ३८९५ मतभार पाएका थिए । मधेश प्रदेशमा रिक्त रहेको २ जना राष्ट्रिय सभा सदस्यका लागी निर्वाचन सम्पन्न भएको थियो । मधेश प्रदेशको तर्फबाट २ जना नै सत्ता गठबन्धनका उमेम्दारहरु विजयी हुनु भएको छ । रौतहटका पुजा चौधरीसंगै नेपाली काग्रेसका आनान्द प्रसाद ढुंगाना विजयी हुनु भएको छ । ढुंगानाले प्रदेशसभा सदस्यहरूको ३५५१ मतभार र स्थानीय तहका पदाधिकारीहरूको ३८१९ मतभार पाएका छन ।

ताजा समाचार

Related Articles