रौतहट १२ माघ
मधेश प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्रि बेटी पढाउ , बेटी बचाउ अभियानका लागी खरिद गरेको साइकल प्रकरणमा भ्रष्टचार भएको बिशेष अदालतले ठहर गरेको छ । मधेश प्रदेशका छात्राहरुलाई विद्यालय आवतजावत गर्नका लागी सहज गराउन मधेश प्रदेश सरकारले बेटी पढाउ , बेटी बचाउ कार्यक्रम अर्न्तगत साइकल खरिद गरेको थियो । सो साइकल खरिदमा १० करोड भन्दा बढी रकम भ्रष्टचार भएको अख्तियारको दाबी रहेको छ । बिशेष अदालतका अध्यक्ष टेकनारायण कुवर , सदस्य न्यायधिश तेजनारायण सिंह र मुरारी बाबु श्रेष्ठको इजलासबाट फैसला भएको हो । फैसलामा मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमलाल भुसाल र जलस्रोत, सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरकाका तत्कालीन प्रमुख भगवान झालाई दोषी ठहर गर्दै तीन–तीन महिना कैद फैसला गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको विषयमा एकै मितिमा दुईवटा मुद्दा दायर गरेको थियो ।

