सहमतिपछि गौर अस्पताल विहिबारबाट सञ्चालनमा

रौतहट ११ माघ
रौतहटको गौर अस्पतालले आफ्नो सेवा सुचारु गरेको छ । गत माघ ७ गतेबाट सो अस्पतालका स्वास्थ्यकर्मीका साथै चिकित्सकहरुको टोलीले अस्पतालका सेवा बन्द गरेका थिए । आन्दोलनरत चिकित्सकहरु र मधेश प्रदेशका स्वास्थ्य मन्त्रीबिच विहिबार सहमति भएपछि विहिबारबाटै अस्पतालको ओपिडि लगायतका सम्पुर्ण सेवा नियमित सञ्चालनमा आएको अस्पतालका ल्याब टेक्निसियन अनुठा राय यादवले जानकारी दिनु भएको छ । अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले आफ्नो तलबको माग गर्दै अस्पताल गत माघ ७ गतेबाट अस्पताल बन्द गरेका थिए । लामो समयदेखि तलब भत्ता नपाएको भन्दै गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेका थिए । माघ ६ मा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमीले पत्रकार सम्मेलनमार्फत् राजनीतिक हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनीय भएको आरोप लगाएका थिए । प्रादेशिक अस्पताल गौरमा कार्यरत ११ जना चिकित्सकले गत तीन महिनादेखिको तलब र सात महिनादेखि भत्ता लगायत अन्य सुविधा पाउन नसकेकाले अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्नु परेको डा. चन्दन सहनीले बताएका छन । अहिले मेडिकल सुपरिटेन्डेण्टमा सञ्जीव र कृष्ण गरी दुई जना छन र दुवैबीच चर्को विवाद रहको छ । सञ्जीव सिंह एघारौं तह र कृष्ण साह दसौं तहका कर्मचारी हुन । सिंह सिनियर कर्मचारी रहेकाले उनलाई मेडिकल सुपरिटेन्डेन्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हासमीको माग गर्नु भएको छ ।

ताजा समाचार

Related Articles