एक सत्तापछि गौरको प्रादेशिक अस्पतालको सेवा आयो सञ्चालनमा

रौतहट, ११ माघ । रौतहटको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालको सेवा एक सत्तापछि सुचारु भएको छ।
गत माघ ७ गतेदेखि आन्दोलनरत स्वास्थ्यकर्मी डाक्टरको टोली र मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्रीबीच बिहीवार भएको सहमतिपछि अस्पतालको नियमित ओपिडी लगायतको सेवा सुचारु भएको हो । ल्याब टेक्निसियण अनुठा राय यादवले एक सूचना जारि गर्दै अस्पतालको सेवा सञ्चालनमा आएको जनाएका छन् ।
तलबको माग गर्दै डाक्टर आन्दोलित भएपछि एक सातादेखि अस्पतालको इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द रहेको थियो।
अस्पतालमा राजनीतिक हस्ताक्षेपको कारण लामो समयदेखि तलब भत्ता समेत नपाएको भन्दै गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले इमर्जी बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका थिए । गत माघ ६  गते अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले पत्रकार सम्मेलन मार्फत नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनिय भएको आरोप लगायका थिए।
प्रदेशका कांग्रेस निकट मन्त्री र सांसदको राजनीतिक चलखेलको कारण विगत ६ महिनादेखि अस्पतालले विभिन्न समस्या भोग्दै आएको अध्यक्ष हासमिले आरोप लगायका थिए।

ताजा समाचार

Related Articles