मधेशमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी निर्वाचित

जनकपुर, ११ माघ । मधेश प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार आनन्द ढुंगाना र जसपाका पूजा चौधरी निर्वाचित भएका हुन् ।
निर्वाचित ढुङ्गानाललाई प्रदेशसभाका ६७ सांसद र पालिकाका २०१ प्रमुख/उपप्रमुखले मतदान गरेका छन् भने चौधरीलाई प्रदेशसभाका ७६ सांसद र पालिकाका २०५ प्रमुख/उपप्रमुखले मतदान गरेका छन् ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति भवनमा भएको मतदानमा १०७ प्रदेश सांसदमध्ये १०६ सांसद र १३६ पालिकाका २६७ प्रमुख/उपप्रमुखले मतदान गरेका थिए ।

ताजा समाचार

Related Articles