देशभरको तापक्रम घट्दै , सतर्कता अपनाउन आग्रह

काठमाडौं,९ माघ । देशभरको तापक्रम घट्दै गएको छ।  यो क्रम अझै केहि दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यत: सफा रहने विभागको भनाइ छ।  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको अनुमान छ। तराईका अधिकांश स्थानमा आज पनि हुस्सु लागेको छ।

कतिपय स्थानमा शीतलहर समेत चल्ने विभागले जनाएको छ। चिसो बढ्दै गएपछि दैनिक जनजीवन तथा स्वास्थ्य प्रभावित हुने भएकाले आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ। 

ताजा समाचार

Related Articles