बाराबाट ५३ तोला चाँदीसहित दुई जना पक्राउ

बारा, १० माघ । बारा प्रहरीले ५३ तोला चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानरपालिका–५ घर भएका ३५ वर्षीय गुजराज विक र इटहरी नगरपालिका–३ का २४ वर्षीय बद्री विक छन्।

माघ ८ गते दिउँसो ६ बजेतिर बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२७१८५१ नम्बरको स्कुटरमा सवार उनीहरूबाट ५३ तोला चाँदी बरामद गरिएको प्रहरीको भनाइ छ।

उक्त चाँदीका लागि उनीहरूले १ लाख १३ हजार १७० रुपैयाँ बराबरीको फर्जी बिल समेत बनाएर बोकेको पाइएको बारा प्रहरीले जनाएको छ।

ताजा समाचार

Related Articles