रौतहट,८ माघ । छिमेकी राष्ट्र भारतको अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा भएको खुशीमा रौतहटसहित तराई मधेसको जिल्लामा सोमबार दिपावली मनाइएको छ ।
भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार भएको राममन्दिरको प्राण प्रतिष्ठाको उत्सव मनाउदै रौतहटसहित तराई मधेसका जिल्लामा दिपावली मनाइएको हो । रामको ससुराली र जानकीको माइतको रुपमा रहेको मधेस प्रदेशका जिल्लामा दिनभर जय सियारामको नारासहित भग्वा ध्वज लिएर भक्तजनले खुसियाली प्रदर्शन गरेका हुन् भने, साझ पख घरघरमा दिपाली मनाएको छ ।
रौतहट विभिन्न मठ, मन्दिर लगायत राम धुनको आयोजना गरिएको हर्दिया राम जानकी मठका सन्त धडकन दासले बताए ।
सन्त दासका अनुसार आज बिहानै बाट मठ मन्दिरमा सुरु भएको राम भजन भोलि सम्म चल्नेछ ।

