३० हजार अवैध लाइसेन्ससम्बन्धी प्रतिवेदन अख्तियारमा पुग्यो

काठमाण्डौं, २३ पुस । यातायात व्यवस्था विभागले विभिन्न समयमा वितरण भएका ३० हजार अवैध लाइसेन्स खारेज गर्ने गरी तयार पारेको छानबिन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पुगेको छ। अख्तियारले आइतबार नै छानबिन प्रतिवेदन मगाएर अध्ययन थालेको हो।

अख्तियारले आइतबार यस सम्बन्धमा विभागका महानिर्देशकसहितका कर्मचारीसँग जानकारी लिएको थियो। त्यस क्रममा विभागका तर्फबाट विभिन्न समयमा ३० हजार अवैध लाइसेन्स र ७० हजार शंकास्पद लाइसेन्स जारी भएको जानकारी अख्तियारलाई गराइएको थियो।

अख्तियार उच्च स्रोतले विभागको छानबिन प्रतिवेदनलाई समेत आधार बनाएर छानबिन थालिएको जानकारी दिएको छ। यातायात क्षेत्रमा ठूलो विकृति रहेकाले सोहीअनुसार नै अनुसन्धान जारी राखिएको अख्तियारका एक अधिकारीले बताए।

ताजा समाचार

Related Articles