आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडी भेगमा बदली

काठमाडौं,२३ पुस । देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। 
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहनेछ।
राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। 

ताजा समाचार

Related Articles