रौतहट २३ पुस
रौतहटको कटहरिया नगरपालिकामा तालाबन्दी गरेको छ । रौतहटको कटहरिया नगरपालिकाका उपप्रमुख रिता यादवसहित सोही नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष भुपेन्द्र महतो , वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहा , ५ नम्बर वडाका अध्यक्ष सर्फलाल गुप्ता , ७ नम्बर वडाका अध्यक्ष सहिद मिया र कार्यपालिका सदस्य जामुन ठाकुर लगायतका नगरपालिकाका प्रतिनिधिहरुले सोमबार नगरपालिकाको कार्यालयमा ताला लगाएका हुन । उनीहरुले कार्यपालिकाको बैठकको माग गर्दै तालाबन्दी गरेको स्थानियले बताएका छन । नगरपालिकाले पटक पटक कार्यपालिकाको बैठक बोलाउने तर सो बैठकहरु स्थगित गर्दै आएको उपप्रमुख रिता यादवको भनाइ रहेको छ । लामो समयदेखि नगरपालिकामा आर्थिक अनियमितता भएको सोको विस्तृत हिसाव आफुहरुले माग गरेकाले नगर प्रमुखले बैठक स्थगित गर्दै आएको वडा अध्यक्षहरुले बताएका छन । नगरपालिकाले नगर क्षेत्रका स्थानियको विजुली बत्तीको बिल भुक्तानी गर्ने निर्णय गरेको तर हालसम्म सो रकम समेत विद्युत प्राबिधिकरणलाई भुक्तानी नदिएको बताइएको छ । सो बक्यौता रकम भुक्तानी गर्नु पर्ने , नगरपालिकाले यातायातको इन्धन तेलमा अत्यधिक रकम खर्च गरेको देखिएकाले त्यसको हिसाव दिनु पर्ने , कर्मचारीहरुको तलव भत्ता भुक्तानी गर्नु पर्ने लगायतका मागहरु अघि सारेका छन । ति मागहरु पुरा नभएसम्म नगरपालिकामा लगाइएको ताला नखोलीने उपप्रमुख यादवले बताउनु भएको छ ।

