रौतहटमा ताम्सालिङ प्रदेश निर्माणका लागि एक दिने प्रशिक्षण सम्पन्न

रौतहट १९ पुस
रौतहटको चन्द्रनिगाहपुरमा विहिबार ताम्सालिङ जागरण अभियान अर्न्तगत तामाङ र ताम्सालिङ निर्माण सम्बन्धि एक दिने प्रशिक्षण तथा अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । ताम्सालिङ प्रदेश निर्माणका लागी सबै एकजुट हौ भन्ने नाराका साथ सो कार्यक्रम विहिबार रौतहटको चन्द्रनिगाहपुरमा पनि सम्पन्न भएको नेपाल तामाङ घेदुङ रौतहटका अध्यक्ष विरध्वज वाइवाले जानकारी दिनु भएको छ ।  कार्यक्रमको प्रमुख अतिथि घेदुङ संघीय अध्यक्ष मोहन गोलेले सहभागीलाई प्रशिक्षण दिनु भएको थियो । गोलेले प्रशिक्षणको क्रममा ताम्सालिङको आवश्यकता, औचित्य, अवधारणा, आगामी कार्ययोजना र उद्देश्य माथि प्रस्ट पार्नु भएको थियो । बर्तमान सत्ताबाट तामाङ जनताको पहिचान, प्रतिनिधित्व र पहुँच सम्भव नभएकोले ताम्सालिङ नै राष्ट्रिय मुक्तिको एक मात्र विकल्प रहेको कुरालाई जोड दिँदै उहाले सबैलाई ताम्सालिङ अभियानमा जुट्नका लागि आव्हान समेत गर्नु भएको छ । कार्यक्रममा घेदुङका मधेस प्रदेश अध्यक्ष यम लाल गोले , घेदुङ केन्द्रिय सदस्य , घेदुङ मधेश प्रदेशका पदाधिकारीहरु , जिल्ला घेदुङका पदाधिकारीहरु , नगर घेदुङका पदाधिकारीहरु लगायत तामाङ अगुवाहरुको सहभागीता रहेको थियो । नेपाल तामाङ घेदुङ रौतहटका अध्यक्ष विरध्वज वाइवाको अध्यक्ष्तामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव भुवल बहादुर वाइवाले गर्नु भएको थियो ।

ताजा समाचार

Related Articles