चन्द्रनिगाहपुरमा लागु औषध सम्बन्धि कार्यक्रम सम्पन्न

रौतहट १९ पुस
रौतहटको चन्द्रनिगाहपुरमा लागु औषध सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्र.स.नि. राज किशोर प्रसाद यादवद्धारा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित दुर्गा मा.वि. ठाडा टोलमा अध्ययनरत कक्षा ९ र १० का बालबालिकाहरुलाई लागु औषध सम्बन्धि चेतनामुलक कार्यक्रम सम्पन्न गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पछिल्लो समय युवा पिढि लागु औषध दुर्ब्यसनमा फसेका छन । युवाहरुलाई सो कुलतमा फस्नुबाट बचाउन यो कार्यक्रमले युवाहरुलाई सचेत गराउनेमा विश्वास रहेको विद्यालयका प्रधानाध्यापक नारायण कार्कीले प्रतिक्रिया दिनु भएको छ ।

ताजा समाचार

Related Articles