रौतहट १९ पुस
रौतहटमा १८ लाख ४३ हजारको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नम्बर ८ पटेल चोकमा सवारी चेकजाच गर्ने क्रममा सो रकमसहित एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिकाको वडा नम्बर ५ हरिहरपुरका २५ बर्षिय संदिप यादवलाई नगद १८ लाख ४३ हजारको नक्कली नोटसहित पक्राउ गरेको हो । सवारी चेकजाच गर्ने क्रममा १८४३ थान हजारका नक्कली नोट बरामत गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रबक्ता डिएसपि एलिजा गिरीले जानकारी दिनु भयो । गोप्य सुचनाका आधारमा प्रहरीले पटेल चोकमा चेकजाच गरेको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धि कसुर अर्न्तगत आवश्यक अनुसन्धान अगाडी बढाइएको बताइएको छ । त्यसैगरि यादवको साथबाट विभिन्न बैकहरुका ५ थान इटिएम कार्ड , १६ लाख ६५ हजार उल्लेख गरेको चेक समेत बरामत गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

